उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले दलगत स्वार्थ त्यागेर विकास निर्माणमा एकजुट भएर अघि बढ्नु पर्ने बताउनुभयो ।
उर्लाबारी वडा नं. १ र २ जोड्ने सोल्टी खोलामा बनेको झोलुङ्गे पुलको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले विकास निर्माणका काममा कसैले अवरोध गर्न नहुने बताउनुभयो । सीमित स्रोत साधनले जनअपेक्षाअनुसार काम गर्न चुनौति भएपनि क्रमशः रुपमा विकासले गति लिएको उहाँको भनाई छ । कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीले विकासका कार्यमा स्थानीय उत्तिकै जागरुक भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रम पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद आचार्यको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय