
उर्लाबारी । मोरङको उर्लाबारीका ४ जना फुटबल खेलाडीलाई सम्मान गरिएको छ ।
आज तेस्रो उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेलमा ४ खेलाडीलाई सम्मान गरिएको हो । फुटबल खेलको माध्यमबाट उर्लाबारीलाई चिनाउन उल्लेखिय भूमिका खेलेको भन्दै उर्लाबारी–६ का मिक्चेन तामाङ, विजय धिमाल, रजिन धिमाल र उर्लाबारी–८ की कविता धिमाललाई सम्मान गरिएको छ । वर्ष खेलाडी घोषित तामाङलाई नगद ७५ हजार तथा धिमालत्रयलाई जनही ५० हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो र क्लबका अध्यक्ष दीपेन्द्र धिमालले सम्मान गर्नुभयो ।