विराटनगर । मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयरसहित करिब ५ हजार जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाल एमालेमा प्रवेश गरेका हुन् ।

वुधबार रंगेलीमा आयोजित एक विशेष समारोहमा उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

आयोजित कार्यक्रममा मेयर, उपमेयरसहित करिब ५ हजार जना जना पार्टी प्रवेश गरेका एमाले मोरङले जनाएको छ ।

रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनाल एमालेमा गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय