उर्लाबारी । मोरङको उर्लाबारी–१ सुकुम्बासी बस्तीमा आगलागी भइरहेको छ ।
भर्खरै आगलागी सुरु भएको र स्थानीयबासीहरुले आगो नियन्त्रणका लागि प्रयास भइरहेको नेपाली कांग्रेस उर्लाबारी वडा नं. १ का सभापति गोविन्द भट्टराईले जानकारी दिनुभयो । आगलागी भइरहेकाले क्षति यति नै भन्न सक्ने अवस्था छैन ।























