किशोर निरौला
उर्लाबारी । मोरङको उर्लाबारी–१ सुकुम्बासी बस्तीमा सुनिल लिम्बूको कुखुरा पाल्नका लागि बनाइएको फार्ममा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको छ । उर्लाबारी नगरपालिका, कानेपोखरी गाउँपालिका, स्थानीयबासीहरुले निभाएको नेपाली कांग्रेस उर्लाबारी वडा नं. १ का सभापति गोविन्द भट्टराईले जानकारी दिनुभयो । आगलागीबाट खोर र पराल पूर्ण रुपमा जलेको छ ।























