काठमाडौँ । संखुवासभाको मादी नगरपलिकामा बिहीबार भएको बस दुर्घटना अघि नै ब्रेक फेल भएको खुलेको छ ।
बा ४ ख ७३५ नम्बरको यात्रु बस दुर्घटना हुनुपूर्व नै बे्रेक फेल भएको घाइतेहरुले बताएका छन् ।
दुर्घटनामा १५ जनाको ज्यान गएको थियो भने ५ जना घाइत भएका छन् । उपचाररत घाइतेहरुको अनुसार बसको पहिले नै ब्रेक फेल भएको थियो ।























