संगीता राई
उर्लाबारी । मोरङको उर्लाबारीमा आजदेखि दुई दिने सूचना प्रणली, सामाजिक सञ्जाल तथा सूचना हक सम्बन्धि तालिम सुरु भएको छ ।
पूर्वी कमाण्ड मिडिया प्रा.लि. उर्लाबारी–७ को आयोजना माननीय कुलप्रसाद साम्बा पूर्वाधार विकास कार्यक्रम मोरङ क्षेत्र नं. १ (क)को सहयोग तथा उर्लाबारी नगरपालिकाको समन्वयमा सो तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन मोरङ क्षेत्र नं. १ (क) का प्रदेश सांसद कुलप्रसाद साम्बाले गर्नुभयो । सूचना तथा प्रविधि क्षेत्रको विकासमा जोड दिँदै उहाँले आगामी दिनमा पूर्वी मोरङका पत्रकारहरुको क्षमता विकास साथै भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारी, प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यलगायतले बोल्नुभयो । कार्यक्रम संयोजक घनश्याम भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा खड्ग बेदनाले कार्यक्रमको औचित्वका बारेमा बोल्नुभएको थियो । कार्यक्रम प्रा.लि.का अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा भएको थियो । दुई दिनेसम्म चल्ने तालिममा अधिबक्ता इन्द्रकुमार लुईटेल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साललगायतले सहजीकरण गरिरहनुभएको छ । तालिममा ३० जना संचारकर्मी तथा युवाहरुको सहभागीता रहेको कार्यक्रम सह–संयोजक पुजन दासले जानकारी दिनुभयो ।























