उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नम्वर १ का सहमहामन्त्री खड्ग फागोले पार्टीभित्र अभिव्यक्ति स्वतन्त्रता भएतापनि पार्टीको अनुशासनलाई कुल्चेर कसैलाई पनि सार्वजनिक मञ्चमा भाषण गर्ने छुट नभएको बताउनुभयो ।
शनिवार मोरङको उर्लाबारी–७ स्थित टोल समिती गठन कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा सहमहामन्त्री फागोले भन्नुभयो–‘सार्वजनिक मञ्चको प्रयोगमा नेपाली कांग्रेसका कुनै पनि नेता तथा कार्यकर्तालाई आफ्नो स्वतन्त्र अभिव्यक्ति राख्न पाउने स्वतन्त्रता छ । तर, पार्टीको विधि, बिधान र सिद्धान्तका आधारमा रहेर मात्रै
राख्नु प¥यो अन्यथा पार्टीले अनुशासनको कार्वाही गर्न सक्छ सचेत रहनु होला ।’
नेपाली कांग्रेस वडा नम्वर ७ का सभापति मदनबाबु प्रसाईको सभपतित्वमा भएको कार्यक्रममा तेजबहादुर निरौलाको सभापतित्वमा ३५ सदस्यीय बजार लाईनमा टोल समिति गठन गरिएको छ र यसअघि सोही वडामा पूणप्र्रसाद पौडेलको सभापतित्वमा देविस्थान टोल समिति र डिकबहादुर खड्काको सभापतित्वमा पारिजात–
बैसाबारी टोल समिति गठन गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सिता कार्की, विजयी कार्की, जिल्ला सदस्य बीरबल थापा, प्रदेश १ (क) का उपसभापति लोलिम पोमु, नगर सभापति सुरेन्द्र लिम्वुले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय