विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष विराटनगर आउने कार्यक्रम तय भएको छ । प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्डलगायत माओवादी नेताहरु आज विराटनगर आउने कार्यक्रम रहेको माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ(मिक्सो)ले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रको भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार कार्यक्रम आयोजना गरिएको हो । केही समय अघि सम्पन्न महाधिवेशनबाट पारित पार्टीको नीतिहरुलाई तलसम्म प्रसार गर्न र आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एकरुपताका साथ कार्यकर्ता परिचालन गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरु, प्रदेश परिषद्का सदस्यहरु, जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु, प्रदेश प्रतिनिधि, प्रदेश विभागका पदाधिकारी तथा सदस्यहरु, जिल्ला समन्वय समितिका सदस्यहरु, जनवर्गीय संगठनका केन्द्रीय सदस्य तथा प्रदेश सदस्यहरु र जिल्ला संयोजकहरु, स्थानीय तहका पदाधिकारीहरु प्रशिक्षणमा सहभागी हुने बताइएको छ ।

नेकपा माओवादी केन्द्रले बागमती प्रदेश र कर्णाली प्रदेशमा यस प्रकारको प्रशिक्षण सम्पन्न गरिसकेको छ । प्रदेश १ पछि लुम्बिनी, सुुदुरपश्चिम र अन्य प्रदेशहरुमा प्रशिक्षण कार्यक्रम तय भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय