उर्लाबारी । मोरङको उर्लाबारीमा शनिबारदेखि दुई दिने सूचना प्रणाली, सामाजिक सञ्जाल तथा सूचना हक सम्बन्धि तालिम सम्पन्न भएको छ ।
पूर्वी कमाण्ड मिडिया प्रा.लि. उर्लाबारी–७ को आयोजना माननीय कुलप्रसाद साम्बा पूर्वाधार विकास कार्यक्रम मोरङ क्षेत्र नं. १ (क)को सहयोग तथा उर्लाबारी नगरपालिकाको समन्वयमा सो तालिम भएको हो । उर्लाबारी–७ स्थित सञ्चार क्लब नेपाल उर्लाबारीको सभाहलमा भएको तालिममा ३० जनाको सहभागिता रहेको थियो । दुई दिनेसम्म चलेको तालिममा अधिबक्ता इन्द्रकुमार लुईटेल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साललगायतले सहजीकरण गर्नुभएको कार्यक्रम सह–संयोजक पुजन दासले जानकारी दिनुभयो । सूचना प्रणली, सामाजिक सञ्जाल तथा सूचना हकका बारेमा तालिममा सिक्ने अवसर मिलेको सहभागी सुनिता तामाङले बताउनुभयो ।
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व पूर्वी कमाण्ड मिडिया प्रा.लि.का अध्यक्ष सरोज बस्नेतले गर्नुभएको थियो । सो कार्यक्रममा बोल्दै मेयर फागोको सही सूचना प्रवाह गर्नु पर्नेमा जोड दिनुभयो । मिडियाको महत्वपूर्ण भूमिका रहने बताउँदै मेयर फागोले त्यसलाई कसैले दुरुप्रयोग गर्न नहुने धारणा राख्नुभयो । प्रा.लि. का कार्यक्रम संयोजक घनश्याम भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । पहिलो दिन तालिमको उद्घाटन मोरङ क्षेत्र नं. १ (क) का प्रदेश सांसद कुलप्रसाद साम्बाले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय