लेटाङ । लेटाङ ८ कि ११ बर्षिय स्वर्गिय करुणा राईको परिवारलाई छोरी गुमाउदाको पीडा सङै बिच्छीप्त हुदै आर्थिक समस्या समेत भोग्दै आएको परिवारलाई नेपाली कांग्रेस क्षेत्र नं. १ मोरङले आर्थिक सहयोग गरेको छ ।
क्षेत्रीय सभापती शंकर राईले आज करुणा राईको घरमा पुगेर ४० हजार रुपैया सहयोग गर्नुभयो । कांग्रेसको क्षेत्रीय समितिद्वारा श्रदान्जली सभा कार्यक्रममा गरिएको आर्थिक सहयोग रकम करुणाका बुवा अजय राईलाई हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरण गर्दै क्षेत्रीय सभापती तथा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले समाज लुप्त रुपमा बसेका मानव रुपि दानबहरुले यस्ता जघन्य घट्ना कति बेला गर्ने हुन पत्तो नहुने भएकाले यस्ता अपराधिलाई कानुन परिबर्तन गरेर मृत्युदन्डको सजाय दिन पर्नेमा जोड दिनुभयो । अबोध बालिकाहरु माथी नेपालमा हिंसा , बलात्कार तथा हत्याका घट्ना धेरै हुँदै गरेको भन्दै राईले कानुन बनाउएर मृत्युदन्ड ल्याउनु पर्नेमा जोड दिनुभयो । राईले करुणाको परिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै टिनको छानो समेत लगाईदिने घोषणा गर्नुभयो । हाल लगाएको छानो चुहिने भएर समस्या भएको भन्दै स्थानिय नेता बुद्दराम राईले जानकारी गराएपछि मेयर राईले टिनको नयाँ छानो लगाइदिने बताउनुभयो ।
लेटाङ नगरपालिकाले समेत मानसिक रुपमा कमजोर भएको पिडित परिवारालाई आर्थिक समस्याले गर्दा थप कमजोर बन्नु नपरोस भनी नगरपलिकाले समेत आर्थिक सहयोग गर्ने बताउनुभयो ।
रकम हस्तान्तरण तथा अमबेदना कार्यक्रममा प्रदेश सभा सभापती राजकुमार लामा , क्षेत्रीय सचिब भिम पोख्रेल , नगर सभापति दिपकचन्द्र राई लगायत कांग्रेसका स्थानिय नेता कार्यकर्ताहरुको उपाथिती रहेको थियो । लेटाङ खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय