उर्लाबारी । स्थानीय तहको निर्वाचन सरकारले आगामी बैशाख ३० गते गर्ने घोषणा गरेसँगै चुनाबी जोड घटाउ हुन थालेको छ । मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षदेखि सदस्यसम्मको बन्न नेता तथा कार्यकर्ताको दौडधुप पनि बढेको छ ।
यसैक्रममा यस पटकको रतुवामाई नगरपालिकाको मेयर को बन्छ भन्ने विषय चासोका साथ हेरिएको छ । रतुवामाई नगरपालिकाको पहिलो मेयर बन्ने सौभाग्य भने नेपाली कांग्रेसका युवा नेता रविन राईले पाउनुभयो । उपमेयरमा पराजित बनेको कांग्रेसले मेयरमा भने २०७४ सालको निर्वाचनमा विजयी हासिल गरेको थियो । २०७४ सालको निर्वाचनमा कांग्रेसका रविन राईले ९ हजार ८ सय ९५ मत ल्याउँदै मेयरमा विजयी बन्नुभयो भने नेकपा एमालेका टिकेन्द्रबहादुर पोमु ८ हजार १ सय मत ल्याएर दोस्रो बन्नुभयो । त्यस्तै, नेकपा माओवादीका प्रकाश पौडेलले ३ हजार ७ सय २८ मतका साथ तेस्रो हुनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीकी उर्मिलाकुमारी सिंह गनगाईले ६ सय ४८ मत, , राष्ट्रिय जनमोर्चाकी कल्पना राई ४, नेपाल परिवार दलका महेशचन्द्र राजवंशीले १४, स्वतन्त्र भुपालप्रसाद रिजाल १० र स्वतन्त्र ओमनाथ ढकाल ७ मत पाउनुभएको थियो ।
एमाले फुटले राई थप बलियो
२०७४ सालको निर्वाचनमा १ हजार ७ सय ९५ मतले विजयी हासिल गर्नुभएका कांग्रेसका रविन राई पुनः मेयरमै दोहिरिने प्रवल सम्भावना छ । फेरि राई मेयरको उम्मेद्वार बन्दा थप बलियो बन्ने देखिएको छ । नेकपा एमाले रतुवामाईमा फुटको असर ठूलै देखिएको छ । जसले गर्दा विगतको भन्दा बढी मत अन्तरले राईले जित्ने विश्लेषण गर्दै आएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलबीच गठबन्धन भए भारी मतले राईले जित्ने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय