काठमाडौं । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनबाट निर्वाचन जित्ने भ्रममा नपर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादी आफ्नै तागतमा चुनाव लड्नका लागि तयार हुन नेता कार्यकताहरूलाई निर्देशन पनि दिएका छन् ।
प्रचण्डले निर्वाचन जित्न पार्टीलाई सहजै भने नभएको बताए ।























