काठमाडाैं, प्रधानमन्त्री शेरबहादुर देउवाले फागु पूर्णिमा अर्थात हाेली पर्वकाे विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन् ।

हाेलीकाे शुभकामना दिँदै देउवाले होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन् ।

उनले कोभिड-१९ को संक्रमण राेकथामका लागि जारी स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय