विराटनगर । होली पर्वमा मोरङ प्रहरीले सुरक्षा कडा पारेको छ । होलीको समयमा हुनसक्ने विभिन्न उच्छृङखल गतिविधिलाई नियन्त्रण गर्न मोरङ प्रहरीले होली लक्षित सुरक्षा योजना बनाएको हो । शुक्रबार होलीको दिन जिल्लाभर ठुलो संख्यामा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्थामा कडाई गर्ने तयारी रहेको मोरङ प्रहरीले जनाएको छ । जिल्लाभरका बाँकी ६८ ठाउँमा प्रदेश प्रहरी र ताल्लुकका कार्यालयहरु सँगको समन्वयमा प्रहरी परिचालनको तयारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले बताउनुभयो ।
कसैको इच्छा विपरित लोला हान्ने, रङ लगाउने, ट्राफिक नियम उल्लङ्गघन गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला तथा झैं–झगडा गर्ने लगायतका क्रियाकलाप नगर्न मोरङ प्रहरीको अनुरोध छ । त्यसो गरेको पाईए कानुन बमोजिम कारबाही हुने मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय