उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले फागुपूर्णिमा होलीको अवसरमास्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
रङहरुको पर्वका रुपमा देशैभर उत्साहका साथ मनाइने फागुपूर्णिमा यस वर्ष पहाडी र हिमाली जिल्लामा चैत्र ३ र तराईका जिल्लामा चैत्र ४ गते मनाइँदै छ । मेयर फागोले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पुर्याउने छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले कसैको इच्छा विपरित लोला हान्ने, रङ लगाउने, ट्राफिक नियम उल्लङ्गघन गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला तथा झैं–झगडा गर्ने लगायतका क्रियाकलाप नगर्न पनि सबैमा अपिल गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय