लेटाङ । नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोले कम्युनिष्टहरु झुटको खेती गर्न माहिर भएको टिप्पणी गर्नुभयो ।
आज नेपाली कांग्रेस लेटाङ वडा नं. ९ को आयोजनामा जेष्ठ नागरिकलाई सम्मान कार्यक्रममा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । घर घरमा ग्याँस, पानीजहाजका सपना बाँडेर जनतालाई ढाट्दै राजनितिक फाईदा लिने प्रपन्च रचेको उहाँले आरोप लगाउनुभयो । फागोले कांग्रेसले कम्युनिष्टहरुको भ्रमको राजनितिलाई बुझ्न आवश्यक भएको भन्दै धर्ममाथी बिश्वास नगर्नेहरु मन्दिर बनाउँछु भनेर ढोङ पिट्नु हाँस्यास्पद भएको उल्लेख गर्नुभयो । जनतालाई बिकास देशलाई निकास दिने एकमात्र पार्टी नेपाली कांग्रेस भएको उहाँको भनाई छ । त्यस्तै, बिशिष्ट अतिथी नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले फागुन २९ देखि चैत्र २९ सम्म सुरु भएको गाउँ गाउँमा कांग्रेस अभियानले तिब्रता पाईरहेको बताउँदै सबै नेता तथा कांग्रेसका अग्रजहरु जनताको घरदैलोमा पुग्न आग्रह गर्नुभयो । जनताका समस्याका बीचमा बसेर सहजिकरण गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । मोरङका सबै पालिकामा यो कार्यक्रम सुरु भएको बताउदै लिम्बुले गरिसकिएको बताउदै नेपाली कांग्रेस मोरङले भातृ संगठन बिस्तार गर्ने अभियान समेत तिब्र पारेको बताउनुभयो । सबै युवाहरु कांग्रेसमा गोलबद्द भएर सांगठनिक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, क्षेत्रीय सभापती शंकर राईले मुलुक निर्वाचनमा होमिसकेकोले कांग्रेस त्यतातर्फ पुर्ण केन्द्रित हुनपर्नेमा जोड दिनुभयो । कम्युनिष्टहरुले कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई झुक्याईरहेको प्रसङ्ग कोट्याउदै निर्वाचनको बेला कम्युनिष्टको जालझेलमा नपर्न आग्रह समेत गर्नुभयो । कम्युनिष्ट पार्टीको झन्डै २ तिहाईको मत हुँदा समेत काम गर्न नसकेर असफल हुँदै जनताको मतको अपमान गरेको भन्दै यो पटकको निर्वाचनमा नेपालभर कांग्रेसका उमेद्वारलाई बिजय गराउन अपिल गर्नुभयो ।
कार्यक्रममा क्षेत्रीय सचिब भिम पोख्रेल , सहसचिब नवीन लिम्बू , नगरसभापती दिपकचन्द्र राईलगायतले शुभकामना ब्यक्त गर्नुभयो । उक्त कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ३१ जना नेपाली कांग्रेस प्रबेश गरेका छन् । नेपाली कांग्रेसले ७५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । कार्यक्रम वडा सभापति कमल बहादुर राईको सभापतित्वमा भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय