उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले उर्लाबारी १ स्थित लक्ष्मी आधारभूत बिध्यालयको अनुगमन गर्नु भएको छ । आइतबार नगरपालिका कर्मचारी सहित उपप्रमुख भण्डारीले अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा उहाँले बिध्यालयको बिभिन्न कक्षा कोठा, बिध्यालयमा अध्ययनरत छात्राहरूको लागि निर्माण गरिएको महिनावारी तथा सरसफाइ कक्ष(चेन्जिङ रूम) को अनुगमन गर्नु भएको छ । उहाले बिध्यालयका शिक्षक, बिध्यार्थीसंग स्कुलको अवस्था, पठनपाठनको बिषयमा छलफल गर्नु भएको छ । त्यस्तै यस आर्थिक बर्षमा बिध्यालयमा नगरबाट बिनियोजित बजेटबाट निर्माण सम्पन्न सेफ्टी ट्याङ्की सहितको शौचालय र सरस्वती मन्दिरको छत ढलाइको समेत अनुगमन गर्नु भएको छ ।























