लेटाङ । लेटाङ ५ को शिक्षा विकास मावि आइबार दिनभर तनाबग्रस्त भयो । कक्षा ६ मा पढ्ने १२ वर्षीय किसोरीलाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले जबरजस्ती प्रयास गरेपछि विद्यार्थी उत्तेजितहरूले शिक्षक बिरुद्ध नाराबाजी गरिरहेका थिए ।
स्थानीयका अनुसार गत शुक्रबार होलीको दिन ५६ वर्षीय शिक्षक पौडेलले बालिकाको घर मै गएर जबरजस्ती प्रयास गरेका थिए । घरमा कोही नभएको बेला पुगेका शिक्षक पौडेलले जवरजस्ती गरेपछि बालिकाले चिच्याएर प्रतिकार गरेकी थिइन । बालिकाको प्रतिकार पछि पौडेल त्यहाँबाट भागेका थिए ।
लेटाङ –३ घर भएका पौडेल सोही विद्यालयका निमावि तहका सामाजिक शिक्षक हुन् ।
यस अघि पनि दुईपटक किशोरीहरू माथि झम्टिएका पौडेललाई स्थानीय अभिभावक र विद्यालयको प्रशासन बसेर पुन यस्ता घटना नदोहो¥याउन चेतावनी दिइएको थियो । बिद्यालयको प्रतिष्ठा जोगाउनका लागि शिक्षकलाई जोगाइए पनि आखिर पौडेलले शुक्रबार आफ्नो नारकीय रुप देखाएरै छोडे ।
पौडेलले तेस्रो पटक आफ्नै शिष्यलाई जवरजस्ती गरेपछि शिक्षा विकास मावि आइतबार बिहानै देखि तनावग्रस्त रह्यो । पीडित विद्यार्थीले आफू माथि भएको अभद्र ब्यबहार अभिभावक र माथिल्लो कक्षाका साथीहरूलाई सुनाएपछि विद्यार्थीहरू उत्तेजित भएका थिए । उत्तेजित विद्यार्थीले शिक्षक पौडेलको को२७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरिदिएका छन् । विद्यार्थीले शिक्षकलाई मार्ने भन्दै धावा बोलेपछि दिनभर शिक्षक पौडेललाई प्रहरीको घेराबन्दीमा हालेर बिद्यालय भित्रै संरक्षण दिइएको थियो ।
प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा हालेर घाइते बिद्यार्थी प्रहरी र शिक्षकलाई उद्दारको प्रयास गरेको थियो । तर,छिमेकी विद्यालयका बिद्यार्थी र अभिभावक समेत भेला भएर शिक्षक पौडेल बिरुद्ध नाराबाजी गर्दै विद्यार्थीले एम्बुलेन्स माथि पनि ढुङ्गा मुडा गर्न थालेपछि प्रहरीले चालिस राउण्ड बढी अश्रुग्यास प्रहार गरेको थियो । प्रहरी र बिद्यार्थी बीच झडप हुँदा प्रहरी जवान रेणु यादव घाइते हुनु भएको छ । यस्तै नाराबाजीमा उत्रिएका ४ जना विद्यार्थी समेत बेहोस भएका छन् ।
नगर प्रमुख शङ्कर राईले संविधान संसोधन गरेर भएपनि बलात्कारमा संलग्न हुनेहरूलाई फाँसीको सजायको ब्यवस्था गर्नुपर्ने माग गर्नुभयो । उहाँले घटनालाई राजनीतिक रङ्ग नदिई निष्पक्ष छानविन गर्न प्रशासनसँग माग गर्नुभयो । नगरपालिकाले आवश्यक सहयोग गर्छ । तर, शिक्षक दोषी ठहरे कारवाहीको भागेदार बन्नुपर्छ । उहाँले यस अघि पनि यस्ता घटना भएर लुकाइएको र यस्तो जघन्य अपराध मिलापत्र गर्ने सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
बिहान साडे १० बजेपछि तनाबग्रस्त भएको बिद्यालय साँझसम्म पनि शान्त हुन सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय