मोरङ । मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा बिकास माविमा आइतबार भएको हिंसा भड्किदा एक महिला प्रहरीको मृत्यु भएको छ भने एक युवालाई गोली लागेको छ ।
मोरङको लेटाङ–८ का मिलन खड्कालाई गोली लागेको हो । खड्कालाई उपचारका लागि नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको जनाएको छ । महिला प्रहरीको छुरा प्रहार गरी हत्या भएको बताइएको छ । तर, प्रहरीले भने यसबारेमा पुष्टी गरेको छैन ।























