विराटनगर । आफ्नै छात्रामाथि बलात्कार प्रयास गरेका शिक्षकलाई पक्राउ गर्न ढिलो हुँदा मोरङको लेटाङमा आइतबार भएको झडपमा एक प्रहरीको मृत्यु भएको छ ।

आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ।

छुरा प्रहार गरिएकी उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जोशीले जानकारी दिए। ‘उहाँको घाँटीमै छुरा प्रहार भएपछि गम्भीर हुनुभएको थियो। अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु हुन पुग्यो। यसबारे हामी अनुसन्धान गर्दैछौं,’ उनले भने। मृतकको शव अहिले काेशी अस्पतालमा राखिएको छ ।

लेटाङ-५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शनिबार यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै दिउसो १ बजेतिर आक्रोशित गाँउलेले विद्यालय घेरेका थिए।

लेटाङ नगरपालिकाका प्रमुख शंकर राईका अनुसार घटनापछि शिक्षक विद्यालयमै रहेको सूचनापछि आक्रोशित स्थानीयले घेराउ गरेका थिए ।

उग्र भएको भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको सानो संख्या केहि ढिलो गरि पुगेको थियो । आक्रोशित भीडले आरोपी शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको स्थानीयले बताएका छन ।

विद्यालय तनावग्रस्त बनेपछि विराटनगरबाट प्रहरीको थप टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो। स्थानीय जनप्रतिनिधि पनि विद्यालय प्रवेश गरेको समयमा आक्रोशित भीडले विद्यालयमा आगजनी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय