उर्लाबारी । मोरङको लेटाङमा एक शिक्षकले छात्रामाथि दुव्र्यवहार गरेको विषयमा प्रहरी र स्थानीयबीच झडपपछि अग्ररुप लियो । सोही क्रममा एक जना महिला प्रहरीको हत्यासमेत भयो ।
ठूलो संख्यामा प्रहरी परिचालनपछि अहिले स्थिति नियन्त्रणमा आइसकेको छ । झडपमा मोरङका प्रहरी उपरीक्षकसहित १ दर्जन घाइते भएको बताइएको छ । आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट गम्भीर घाइते उर्मिलाको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिनुभयो । मोरङ जिल्लाभरिका अधिकांश प्रहरी टोली लेटाङ पुगेको थियो ।























