उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीले चुनाबी अभियान सुरु गरेको छ ।
पार्टीकी केन्द्रीय सदस्य ममता राजवंशीको नेतृत्वमा नगेन्द्र धिमाल, तारिलाल धिमाल, पदम राई, तोर्णबहादुर श्रेष्ठ, पदम राई, हिरालाल देवकोटा, चेतराजसिं श्रेष्ठ, इन्द्रबहादुर माखिम, दिनेश फुयाल, टिका भट्टराई, गजेन्द्र दंगाल, परजिता गौतम, खगेन्द्र पराजुली, टेकबहादुर भट्टराई, पवन चौधरी, दिपक आले मगर र रमा थापा रहेको निर्वाचन परिचाल कमिटी बनाएको छ । त्यस्तै, नगर सदस्य सरोज बस्नेतको नेतृत्वमा आकाश अधिकारी, दिनेश दाहाल, विशाल प्रधान र पुजन दास रहेको प्रचारप्रसार कमिटी बनाएको छ । त्यस्तै, सामाजिक संघसंस्था परिचालनमा नगर सदस्य भक्तबहादुर विकको नेतृत्वमा यामलाल रसाईली, भीमबहादुर राई, राजेन्द्र बास्तोला रहेको कमिटी गठन गरेको छ । त्यस्तै, आर्थिक ब्यवस्थापनका लागि कोषाध्यक्ष रमा थापाको नेतृत्वमा खगेन्द्र पराजुली, दिपक आले मगरसहितको कमिटी गठन भएको छ । त्यस्तै, कानुनी परामर्शका लागि प्रेम घिमिरेको नेतृत्वमा भक्तबहादुर विक, यामलाल रसाईली,थमस मगर, चित्र गौतम रहेको कमिटी गठन भएको छ । त्यस्तै, प्रशासनिक समन्वयका लागि सचिब पवन चौधरीको नेतृत्वमा यामलाल रसाईली, राजिब लिम्बू, मिलन दाहाललगायत रहेको कमिटी गठन भएको छ । त्यस्तै, घोषण पत्र तयारका लागि नगेन्द्र धिमालको नेतृत्वमा पदम राई, तोर्णबहादुर श्रेष्ठ, हिरालाल देवकोटा, तारिलाल धिमाल, टेकबहादुर भट्टराईलगायत रहनुभएको छ । मत सर्वेक्षणका लागि रामबहादुर थापाको नेतृत्वमा रेनुका काफ्ले, राजेन्द्र आचार्य, लेखनाथ खनाल, दिनेश दाहाल, अमर सेलिङ, लोकनाथ पौडेल कमिटी गठन भएको छ । गठबन्धन तालमेलका लागि ममता राजवंशीको नेतृत्वमा नगेन्द्र धिमाल, तारिलाल धिमाल, पदम राई र गजेन्द्र दंगाललाई जिम्मेवारी तोकिएको छ । त्यस्तै, जनसभाका लागि ममता राजवंशी, नगेन्द्र धिमाल र तारिलाल धिमाललाई जिम्मेवारी दिएको छ । त्यस्तै, वडा नं. ७ को इन्चार्जको जिम्मेवारी यामलाल रसाईलीलाई दिएको छ भने लोकनाथ पौडेल र पर्शुराम लुईटेललाई नगर सदस्यमा मनोनित गरिएको छ ।























