उर्लाबारी । मोरङको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले आइतबारको घटनालाई लिएर राजनीतिक रंग दिन नहुने बताउनुभयो ।
उहाँले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकबाटै गल्तीको सुरुवात भएको दाबी गर्नुभयो । घटनामा संलग्न शिक्षक, उहाँलाई बचाउन खोज्नेहरू तथा प्रहरीको हत्यामा संलग्न सबैलाई जुनसुकै अवस्थामा पनि पक्राउ गरेर कानूनी दायरामा ल्याउनु पर्नेमा उहाँको जोड छ । घटनालाई शान्त बनाउन र अरु अप्रिय घटना हुन नदिनका लागि लेटाङमा रहेका राजनीतिक दल, प्रहरी प्रशासनसहितको बैठक आयोजना गरिएको बताउँदै राईले अराजक समूहले कसैको कुरा नसुन्दा घटना भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय