मोरङ । प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङमा महिला प्रहरीको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ ।
सोमबार सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा आउनु भएको प्रधानमन्त्री देउवाले महिला प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनु बताउनुभएको हो । उहाँले हत्या अपराधमा संलग्नले उन्मुक्ति नपाउने बताउँदै कानुनअनुसार कार्वाही हुने बताउनुभयो । आइतबार १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेका शिक्षकलाई पक्राउ गर्न पुगेको प्रहरी माथि स्थानीयले आक्रमण गरेका थिए । मोरङको लेटाङ नगरपालिका–५ कि बालिकालाई शिक्षकले यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको निधन भएको थियो ।























