उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारीले संगठन विस्तार तीब्र पारेको छ ।
स्थानीय तहको निर्वाचन लक्षित गरेर उर्लाबारीका ९ वटै वडामा नेपाली कांग्रेसले तीब्र संगठन विस्तार, टोल भेला तथा पार्टी प्रवेश कार्यक्रम गरिरहेको हो । यसैक्रममा उर्लाबारी वडा नं. ७ को बाघ खोर टोलमा रमला पोख्रेल र वेदविद्या मन्दिर टोल समितिमा विमला पालुङ्वालाई सभापति चयन गरेको छ । नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा गरिएको टोल भेलामा उल्लेखिय कांग्रेसजनको सहभागिता रहेको थियो । सह–महान्त्री फागोले जनहितमा केन्द्रीत भएर काम गर्न टोल समितिलाई निर्देशन दिनुभयो । उर्लाबारी वडा नं. ७ का सभापति मदनबाबु प्रसाईको सभापतित्वमा कार्यक्रम भएको थियो ।























