उर्लाबारी । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उर्लाबारीको कुनै पनि वडामा विजयी हासिल गर्न नसकेको नेकपा माओवादी केन्द्रले चुनाबी गतिबिधि बढाएको छ ।
माओवादीका पूराना नेता कार्यकर्ता भेटघाट, टोल, वडा भेलालगायतका कार्यक्रमहरु अघि बढाएको हो ।
माओवादीको एजेण्डा र विचारले मुलुक चलिरहेको भएपनि नेतृत्वमा अन्य पार्टीले कब्जा जमाएकाले जनभावनाअनुसार काम हुन नसकेको निष्कर्षसहित यस पटक माओवादीका उम्मेद्वार जिताउन अभियान थालिएको नगर अध्यक्ष गजेन्द्र दंगालले जानकारी दिनुभयो । २०७० सालनको निर्वाचनमा माओवादीको उर्लाबारी वडा नं. १, २, ४, ८ लगायत वडामा सम्मानजनक मत आएको थियो । यस पटक उर्लाबारीका ९ वटै वडामा उम्मेद्वारी रहने र केही वडाहरुमा विजयी हुने लक्ष्यका साथ निर्वाचनमा होमिएको अध्यक्ष दंगालको भनाई छ । पार्टीले जनताले रुचाउने उम्मेद्वारहरुलाई यस पटक प्राथमिकतामा राखेर चयन गर्ने उहाँले जानकारी दिनुभयो । पार्टीलाई सशक्त रुपमा अघि बढाउने काममा जुटेको सह–सचिब दिपक आले मगरले जानकारी दिनुभयो ।























