उर्लाबारी । सरकारले २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । सरकारले मिति घोषणा गरेसँगै दलहरुको तयारी पनि सुरु भएको छ । एक हिसाबले भन्दा दलहरुलाई चुनाबी रन्को लागिसकेको छ ।
यसैक्रममा उर्लाबारी नगरपालिका वडा नं. २ को वडाध्यक्षमा जनता समाजवादी पार्टीले उम्मेद्वार घोषणा गर्दै निर्वाचनको तयारीमा होमिएको छ । धिमाल समूदायको ठूलो बस्ती रहेको वडा नं. २ मा जसपा उर्लाबारीका नगरअध्यक्ष मात्रिका धिमाल नै वडाध्यक्षको उम्मेद्वार बनेपछि निकै चासोको साथ हेरिएको छ । जसपाको पकड नभएपनि सामाजिक ब्यक्तित्व र धिमाल समूदायमा राम्रो प्रभाव रहेका कारण यस पटकको निर्वाचनमा मात्रिकाको उम्मेद्वारीलाई अर्थपूर्ण तरिकाले हेर्न थालिएको छ । अन्य दलमा उम्मेद्वार छनौटमै झमेला भइरहेको अवस्थामा परिचित युवा उम्मेद्वार मात्रिकालाई जसपाले उम्मेद्वार बनाउने निर्णयसँगै ब्यापक रुपमा गतिबिधि अघि बढाइएको छ । जसपा उर्लाबारीले वडा नं. २ मा वडाध्यक्षमा विजयी हुने लक्ष्यका साथ प्रदेश सदस्य बिशाल आङ्दम्बे, दिपक न्यौपानेलगायतका नेताहरु परिचालन हुनु भएको छ । उर्लाबारी नगरपालिकामै मात्रिकाको पहिलो वडाध्यक्षमा उम्मेद्वार घोषणा भएको जनाइएको छ भने अन्य पार्टीमा आकांक्षीहरु धेरै देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय