उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर तथा नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोले जनताको हितमा काम गर्ने जनप्रतिनिधि चुन्न अपिल गर्नुभएको छ ।
नेपाली कांग्रेस वडा नं. ९ को भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । जनप्रतिनिधिहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसक्दा जनताले दुःख पाइरहेको उहाँको भनाई छ । जनताले तिरेको करमा जनप्रतिनिधिहरुले सेवासुविधा लिइरहेको बताउँदै जनताप्रति उत्तरदायित्व बन्नु पर्नेमा उहाँले जोड दिनुभयो । गरिब तथा विपन्नको समस्या समाधान गर्न सदैब लागि पर्न नेता तथा कार्यकर्ताहरुलाई उहाँले निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय