उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका जनप्रतिनिधिहरुबीच विवाद सिर्जना भएपछि कार्यपालिकाको बैठक नै नबस्ने गरी सकिएको छ ।
आज बसेको कार्यपालिकाको बैठकमा अब कुनै पनि कार्यपालिकाको बैठक नबस्ने पक्षमा बहुमत हस्ताक्षर भएको हो । नेकपा एमालेको उपमेयरसहित कार्यपालिकामा बहुमत रहेको छ ।े निर्वाचन लक्षित कार्यक्रमहरु मेयरले ल्याउन खोजेको र निर्वाचन नजिकिएकाले कार्यपालिकाको बैठकबाट जनअपेक्षाअनुसारको काम हुने नदेखिएकाले बहुमत कार्यपालिका सदस्यहरुले बैठक नगर्ने पक्षमा उभिएको उपमेयर लक्ष्मीदेवी भण्डारीले जानकारी दिनुभयो । उहाँले बैशाख ३० गते निर्वाचित जनप्रतिनिधिहरुले बाँकी रहेको बजेटबाट नयाँ भिजनका साथ जनमुखी काम गर्न सक्ने जानकारी दिनुभयो । यता मेयर खड्ग फागोले भने निर्वाचन केन्द्रीत कार्यक्रम ल्याउन खोजेको भ्रममात्रै भएको बताउनुभयो । उर्लाबारी नगरबासीहरुको हितमा काम गर्ने गरी कार्यापालिकाको बैठकमा योजना ल्याएको उहाँको भनाई छ । जुन पार्टीबाट निर्वाचित भएपनि जनताको हितमा काम गर्न आफुहरु आएको उल्लेख गर्दै जनभावनाअनुसार काम गर्न रोकेर समस्या सिर्जना गर्न खोजेको उहाँको भनाई छ । बहुमत सदस्यहरुले बैठक नगर्ने पक्षमा उभिएकाले कार्यपालिकाको बैठकले निकास दिन नसकेको उहाँको भनाई छ । जनभावनाअनुसार ऐन तथा कार्यक्रमहरु तयार पारिएको भएपनि बहुमतको दम्भ देखाएर उर्लाबारीबासीहरुमाथी घात गर्ने काम भएको उहाँको भनाई छ । कांग्रेससहित नेकपा एकीकृत समाजवादीका जनप्रतिनिधिहरु भने एउटै कित्तामा उभिएका छन् । बैठक गरेर निकास दिनु पर्छ भन्ने पक्षमा मेयरसहित ७ जनाको हस्तारक्षर भएको छ भने विपक्षमा उपमेयरसहित १२ जनाको हस्तारक्षर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय