उर्लाबारी । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धन हुने सम्भावना देखिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिले आवश्यकताअनुसार गठबन्धन गरेर जाने निर्णय गरेसँगै उर्लाबारीमा पनि सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितको गठबन्धन हुने देखिएको हो । उर्लाबारीमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले मेयरसहित ५ जना वडाध्यक्ष जितेको थियो भने एमालेले ४ जना वडाध्यक्ष जितेको थियो । एमालेबाट जितेका १ जना वडाध्यक्ष एकीकृत समाजवादी पार्टीमा आबद्ध रहनु भएको छ ।
गठबन्धन भए कसरी होला भागबन्डा ?
नेपाली कांग्रेस, एमालेपछि तेस्रो दल माओवादी केन्द्र हो । त्यसपछि नेकपा एकीकृत समाजवादी र जसपा आउँछन् । गठबन्धन भएको खण्डमा मेयरसहित कांग्रेसले जितेका वडाहरुमा सोही पार्टीका उम्मेद्वार र बाँकी एमालेले जितेको उपमेयरसहित वडाहरुमा भागबन्डा मिलाएर जाने सम्भावना छ । यस्तो अवस्था हुँदा कांग्रेसले उर्लाबारी वडा नं. २, ३, ५, ६ र ७ मा वडाध्यक्ष पाउनेछ भने वडा नं. १ मा नेकपा एकीकृत समाजवादीकै वडाध्यक्ष भएकाले सोही पार्टीले त्यहाँ वडाध्यक्षको उम्मेद्वार पाउने छ । उपमेयरसहित उर्लाबारी वडा नं. ४,८ र ९ मा माओवादीसहितका कांग्रेस र समाजवादीले भागबन्डा गर्न सक्ने देखिन्छ । जनता समाजवादी पार्टीको उर्लाबारीमा राम्रो उपस्थिति नभएका कारण सदस्यमा चित्त बुझाउनु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय