उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. २ र ३ का वडाध्यक्षले सरकारी स्कुटर फिर्ता गर्नुभएको छ ।
आज उर्लाबारी नगरपालिकाका योजना शाखाका प्रमुख मुरारी घिमिरे र जिन्सी शाखाका प्रमुख नगेन्द्र तिम्सिनालाई वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेल र वडा नं. ३ का वडाध्यक्ष गञ्जबहादुर कार्कीले सरकारी स्कुटर फिर्ता गर्नुभएको हो । जनभावनाअनुसारको काम गर्न बहुमत कार्यपालिका सदस्यहरुले नदिएकाले नैतिकताको आधारमा सरकारी स्कुटर फिर्ता गरेको वडाध्यक्ष कँडेलले जानकारी दिनुभयो । उहाँले चैत्र र बैशाखको तलब भत्ता पनि नबुझ्ने बताउनुभयो । वडाध्यक्ष कँडेल र कार्की दुबै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ ।























