उर्लाबारी । मोरङको उर्लाबारीमा द बर्गर एण्ड क्राउन्ची फ्राईड चिकेनको शाखा खुलेको छ ।
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो र बर्गर हाउसका संस्थापक बसन्त लामाले संयुक्त रुपमा १ सय औं शाखाको उद्घाटन गर्नुभएको हो । उर्लाबारीमा ८० लाख रुपैयाँको लगानीमा उर्लाबारी–४ का फडिन्द्रबहादुर पूर्वछाने, इटहरीका राजकुमार तामाङ र कमल गाउँपालिकाका लयकुमार लावतीले सञ्चालनमा ल्याउनुभएको छ । १८ जनालाई बर्गर हाउसमा रोजगारी दिएको छ । बर्थ पार्टीका लागि हलको ब्यवस्थाको साथै बर्गरको स्वाद अब उर्लाबारीबासीले चाख्न पाउने भएका छन् । उर्लाबारी नगरपालिकाका मेयर फागोले उर्लाबारीमा होटल ब्यवसाय क्षेत्रमा पछिल्लो समय लगानी बढिरहेको बताउनुभयो । होटल ब्यवसायलाई मर्यादित बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । १ सय भन्दा बढी शाखा खुलिसकेको द बर्गर हाउसका संस्थापक बसन्त लामाले जानकारी दिनुभयो । देशभरमा सयौंले रोजगारीसमेत पाएको उहाँले बताउनुभयो । नेकपा माओवादी केन्द्रका युवा नेता रञ्जित तामाङ, युवा ब्यवसायी निर्मल सिग्देल, उर्लाबारी वडा नं. ४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय