उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोले आवश्यकताको आधारमा चुनाबी गठबन्धन हुने बताउनुभएको छ ।
आज नेपाली कांग्रेस उर्लाबारी वडा नं. १ को पार्टी कार्यालय उद्घाटन गर्दै उर्लाबारी नगरपालिकाका मेयरसमेत रहनुभएका युवा नेता फागोले सो कुरा बताउनुभएको हो ।सह–महामन्त्री फागोले भन्नुभयो–‘नेपाली काग्रेसले जितेको वडा बाहेकमा चुनावी तालमेल हुन्छ ।’ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसले उर्लाबारीका २, ३, ५ ,६ र ७ नम्वर वडा जितेको थियो भने अन्य वडामा नेकपा एमालेले जितेको थियो । मेयर कांग्रेस र उपमेयर एमालेले जितेको थियो । उर्लाबारी नगरपालिकाको कार्यपालिकामा एमालेका जनप्रतिनिधिहरुको बहुमत रहेका छ । नेपाली कांग्रेस वडा नम्वर १ का सभापति गोविन्द भट्टराईको सभापतित्वमा भएको कार्यक्रमा नगर सभापति सुरेन्द्र लिम्वु, महाधिवेशन प्रतिनिधि सिता कार्की, शोभा चेम्जोङ पालुङ्वालगायतले बोल्नुभएको थियो ।























