उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीले टोल टोलमा गतिबिधि बढाएको छ । स्थानीय तह केन्द्रीत टोल कमिटी, सेल कमिटी गठनलगायतका गतिबिधि अघि बढाएको हो । उर्लाबारीका ९ वटै वडामा नेकपा माओवादी केन्द्रले गतिबिधि अघि बढाएको प्रचारप्रचार विभागका प्रमुख सरोज बस्नेतले जानकारी दिनुभयो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि बिहीन बनेको माओवादीले यस पटक पार्टी सुद्धिकरण अभियान तीब्र पारेको छ । गठबन्धन नभएपनि माओवादी एक्लै चुनाब मैदानमा उत्र्ने तयारीका साथ अघि बढेको नेकपा माओवादी केन्द्र उर्लाबारी नगर अध्यक्ष गजेन्द्र दंगालको भनाई छ ।
यसैबीच उर्लाबारी वडा नं. ४ को चिसापानीमा हरि खड्काको अध्यक्षतामा २१ सदस्य चिसापानी टोल कमिटी गठन भएको सचिब पवन चौधरीले जानकारी दिनुभयो । पार्टीका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) को प्रमुख आतिथ्यतामा भएको टोल भेलामा प्रदेश सदस्य तारिलाल धिमाल (प्रवेश), उर्लाबारी वडा नं. ४ का वडा सभापति मिलन दाहाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय