उर्लाबारी । नेपाली काँग्रेस प्रदेश १ कार्यसमिति सदस्य अर्जुन तुम्रोकले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न जरुरी नभएको बताउनुभएको छ । बुधबार उर्लाबारी पार्टी प्यालेसमा तरुण दल र नेविसंघ नगर तदर्थ समिति गठन कार्यक्रममा विशिष्ट अतिथि रहनु भएका सदस्य तुम्रोकले उर्लाबारीमा गठबन्धन गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले उर्लाबारीमा कुनै दलसँग गठबन्धन गर्नु नपर्ने बताउँदै काँग्रेस एक्लैले जित्ने दाबी गर्नुभयो । पार्टीका सबै नेता कार्यकर्ता एक भएर चुनावी अभियानमा होमिनुपर्ने बताउँदै उहाँले काँग्रेसजन सबै एक भएर लागेको खण्डमा मेयर उपमेयरसहित ९ वटै वडामा जित्ने उहाँको विश्लेष्ण छ । तुम्रोक शेखर कोइराला पक्षधर मानिनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय