उर्लाबारी । २०७४ को स्थानीय तहको निर्वाचनमा उर्लाबारी नगरपालिकामा जनप्रतिनिधि बिहीन बनेको नेकपा माओवादी केन्द्र यस पटक निकै उत्साहित बनेको छ ।
युवा नेता गजेन्द्र दंगालसहितको नयाँ नेतृत्वले माओवादीको संगठन विस्तार ९ वटै वडामा विस्तार गर्दै नयाँ उर्जाका साथ पार्टीलाई अघि बढाएको हो । ९ वटै वडा कमिटीले यतिबेला टोल र सेल कमिटी गठन गर्दै उर्लाबारीमा माओवादीलाई चलयमान बनाएको छ । यसैक्रममा आज उर्लाबारी वडा नं. ७ को प्रगति टोलमा राजु शर्माको अध्यक्ष र सञ्जय चौधरी रहेको टोल कमिटी गठन भएको छ । पार्टीकी केन्द्र सदस्य ममता ताजपुरिया, उपाध्यक्ष खगेन्द्र पराजुली, सचिब पवन चौधरी, सहसचिब दिपक आलेमगर, वडा अध्यक्ष बुलन पासवानलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय