उर्लाबारी । प्रदेश–१ का सडक पूर्वाधार तथा शहरी बिकास मन्त्री हिमाल कार्कीले उर्लाबारी–मधुमल्ला जोड्ने सडकको स्थलगत निरीक्षण गर्नुभएको छ ।
आज उर्लाबारी नगरपाालिका मेयर खड्ग फागोको पहलमा मन्त्री कार्कीले सडकको स्थलगत निरीक्षण गर्नुभएको हो । उक्त सडकमा हिलो र धुलोले सास्ती खेप्नु परेको भन्दै स्थानीयले समस्या समाधानका लागि माग गर्नुभएको थियो । १५ दिनभित्र सडक निर्माण कार्य सुरु हुने ठेकेदार पक्षले जनाएको छ । यस्तै, उर्लाबारीको किसान चौक हुँदै टाँडी जाने बाटोमा भत्किएको पुलको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमन पश्चात मेयर फागोले मन्त्रीबाट सकारात्मक प्रतिक्रिया आएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय