उर्लाबारी । आगामी स्थानीय तह निर्वाचनका लागि उर्लाबारीमा जनता समाजवादी पार्टी नेपालबाट मेयरमा तीन जना आकांक्षी देखिनुभएको छ ।
केन्द्र तथा प्रदेशमा सत्ता साझेदार दलले गठबन्धन गरेर चुनावमा जाने तयारी गरेपनि उर्लाबारीमा जसपाले मेयरको उम्मेद्वार खडा गर्ने तयारी गरेको हो । जसपा नगर समिति बैठकमा विशाल आङ्देम्बे, रामकुमार धिमाल (बाङगाई) र रामकुमार राईले पार्टीबाट मेयरको उम्मेद्वार आफू हुनुपर्ने दाबी पेश गर्नुभएको छ । पार्टीका प्रदेश १ सदस्य, उर्लाबारी बहुमुखी क्याम्पस सञ्चालक समितिको उपाध्यक्ष, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर सञ्चालक समिति सदस्य तथा पार्टीको विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष रहेका युवा नेता आङ्देम्बेले जसपाबाट उर्लाबारीको मेयरमा आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ । यस्तै, पार्टीका केन्द्रीय सदस्य रामकुमार धिमाल र जिल्ला सदस्य तथा पूर्व नगर अध्यक्ष रामकुमार राईले पनि मेयरमा दाबेदारी प्रस्तुत गर्नुभएको छ । यद्यपि, कसलाई उम्मेद्वार बनाउने भन्ने विषयमा निर्णय भइनसकेको जसपाका प्रदेश समिति सदस्य दीपक न्यौपानेले जानकारी दिनुभयो । यसअघि उर्लाबारी वडा नं. २ को वडाध्यक्षमा नगर अध्यक्ष मात्रिका धिमाललाई उम्मेद्वार घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय