उर्लाबारी । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन गरेर जानेमा एकमत देखिएको छ ।
उर्लाबारी नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहित चुनाबी गठबन्धन गरेर जाने विषयमा एकमत देखिएका हुन् । आज बसेको बैठकमा गठबन्धन गरेर जाने बिषयमा एकमत देखिएको नेपाली कांग्रेसका उर्लाबारी नगरसभापति सुरेन्द्र लिम्बूले जानकारी दिनुभयो । पहिलो चरणमा बैठक बसेको र अब केही दिनमै छलफलद्धारा गठबन्धनको टुंगो लगाइने उहाँको भनाई छ । गठबन्धन कसरी गर्ने भन्ने बारेमा भने केही छलफल नभएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय