उर्लाबारी । नेकपा एमालेले आज उर्लाबारी वडा नं. ३ को वडाध्यक्षको उम्मेद्वार भीष्म बुढाथोकी र ६ को वडाध्यक्षको उम्मेद्वार घनश्याम भण्डारीलाई बनाउने निर्णय गरेको छ ।
आज भएको वडा भेलाले दुबै जनालाई सर्वसम्मत वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो । उर्लाबारी वडा नं. ३ का वर्तमान वडा सदस्यसमेत रहनु भएका बुढाथोकी लोकप्रिय युवा मानिनुहुन्छ । बुढाथोकीसँगै वडाध्यक्षका प्रतिष्पर्धी मानिनु भएका मित्र ढकाल र कृष्ण थापा पनि वडा सदस्यमा उठ्ने भएपछि बुढाथोकी मजबुद देखिनु भएको छ । सामाजिक सेवामा समर्पित युवा बुढाथोकी सबैका प्रिय हुनुहुन्छ ।
त्यस्तै, संचारक्षेत्रमा अढाई दशक विताउनु भएका भण्डारी वडा नं. ६ को वडाध्यक्षको उम्मेद्वार बनेपछि वडाबासीमा उत्साहित बनेका छन् । सञ्चार क्लबको पूर्वअध्यक्षसमेत रहनु भएका भण्डारी उर्लाबारीका अधिकांश संस्थामा बसेर काम गरिसक्नु भएको छ । भण्डारीसँगै अर्का सञ्चारकर्मी किशोरकुमार श्रेष्ठलाई पनि एमालेले सदस्यको उम्मेद्वार बनाउने सम्भावना देखिएको छ । श्रेष्ठको उम्मेद्वारी भोली फाइनल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय