उर्लाबारी । नेपाली कांग्रेस मोरङमा कोइराला पक्षको दम्भले मोरङमा गठबन्धन छिन्नविन्न हुने अवस्था देखिएको छ ।
नेपाली कांग्रेसले आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेपनि मोरङमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन । स्पष्ट रुपमा कांग्रेस मोरङको धारणा नआएकाले गाउँ तथा नगर समितिले गठबन्धनको निर्णय गर्न थालेका छन् । कोइराला पक्ष कांग्रेसको दम्भ देखाएको भन्दै नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी छुट्टै गठबन्धनको तयारीमा जुटेका छन् ।
यता कांग्रेस मोरङ भने चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने बारेमा पालिकाको निर्णय कुर्ने भएको छ । पालिकाको म्याण्डेटका आधारमा चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय लिइने नेपाली कांग्रेस मोरङले जनाएको छ ।























