उर्लाबारी । मोरङको रतुवामाई नगरपालिका वडा नं. १ मा विभिन्न पार्टी परित्याग गरेर ९५ जना व्यक्तिहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार वडा पार्टी कार्यालय उद्घाटन कार्यक्रमका बीच नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरेर ठूलो संख्यामा पार्टी प्रवेश गरेको माओवादी केन्द्रका रतुवामाई इन्चार्ज सुमन कालिकोटेले जानकारी दिनुभयो । काँग्रेस र एमाले परित्याग गरेर कदमलाल महतो, बरसलाल महतो तथा पंकज गिरीको नेतृत्वमा ९५ जना माओवादी केन्द्रमा आवद्ध हुनुभएको हो । नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य खेम प्रधान (बलिदान)ले स्वागत गर्नुभयो । रतुवामाइ १ का अध्यक्ष किशोर भट्टराईको अध्यक्षता आयोजित कार्यक्रममा क्षेत्र नम्बर २ का संयोजक सुनिल सिंह, रतुवामाई अध्यक्ष प्रकाश साह उपाध्यक्ष सुर्य लिम्बू, प्रदीप नेपाली सचिव निलम खड्का, प्रदेश सदस्य मनोज उप्रेतीलगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय