उर्लाबारी । नेकपा एमालेमा १० जनाले उर्लाबारी नगरपालिकाको मेयर पदको उम्मेद्वारमा आकांक्षा राख्नु भएको छ ।
आज बसेको नगर कमिटीको बैठकमा गंगा खरेल, लक्ष्मीदेवी भण्डारी, राजेन्द्र पौडेल, मुक्तिनाथ न्यौपाने, राजु बुढाथोकी, भुपाल जिमी, कृष्ण वर्देवा, अग्नि भट्टराई, पुष्प ढकाल र उमाकान्त गौतमले मेयर पदमा आकांक्षा राख्नुभएको छ । एमाले उर्लाबारी स्रोतका अनुसार खरेल र भण्डारीमध्ये एक मेयरको उम्मेद्वार बन्ने पक्कापक्की छ । यस्तै, उपमेयरमा गंगा बास्तोला, अमर धिमाल, मिना पौडेल, हिरा श्रेष्ठ र कमला दाहालले आकांक्षा राख्नु भएको छ । यस्तै, नेकपा हुँदा एकता प्रक्रियामा आउनु भएका राजेन्द्र पौडेललाई पनि दुईमध्ये एक पदमा समेट्नु पर्ने देखिन्छ । पौडेल २०७४ सालनको निर्वाचनमा मेयरको उम्मेद्वार बन्नुभएको थियो । केही दिनभित्रै मेयर र उपमेयरको टुंगो लाग्ने जनाइएको छ ।























