विपी भट्टराई
उर्लाबारी । सीता कार्की नेपाली कांग्रेसकी परिचित नेतृ हुनुहुन्छ । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहनु भएका कार्की सामाजिक सेवा, महिला अधिकारको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा झिनो मत अन्तरले उर्लाबारी नगरपालिकाको उपमेयरमा पराजित बन्नु भएकी कार्कीको पुनः उपमेयरमै उठ्ने चर्चा चल्न थालेको छ । उर्लाबारी वडा नं. ७ निवासी कार्कीले उपमेयरमा उम्मेद्वारी घोषणा नगरेपनि कांग्रेसभित्र प्रभाबशाली महिला भएकाले पुनः उपमेयरमा पार्टीले अघि सार्नु पर्ने कार्यकर्ताहरुले बताउन थालेका छन् । नेपाल महिला संघको केन्द्रीय स्तरमा रहेर काम गरिसक्नु भएकी कार्कीको परिवारले उर्लाबारी वडा नं. ७ को कार्यालय निर्माणका लागि निःशुल्क जग्गासमेत उपलब्ध गराएको छ भने हरेक सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ । यस पटक कार्की नै उपमेयरको उम्मेद्वार बनेको खण्डमा बाजी मार्ने कार्यकर्ताहरुको भनाई छ । मेयरमा वर्तमान मेयर खड्ग फागो नै दोहिरिने पक्कापक्की छ । त्यसकारण पनि उपमेयरमा कार्कीको नाम अघि सारिएको छ ।























