उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारी नगरको पदाधिकारी तथा वडा अध्यक्षहरुको बैठकमा गठबन्धन गर्ने वा नगर्ने विषयमा चाँडो निर्णय गर्न दबाब दिएको छ ।
अधिकांश वडा अध्यक्षहरुले उर्लाबारीमा गठबन्धन गर्ने वा एक्लै लड्ने बिषयमा टुङ्ग्याउनु पर्नेमा जोड दिएका हुन् । पार्टीले ९ वटै वडामा गतिबिधि बढाएको र २०७४ सालको निर्वाचनमा भन्दा माओवादीको पक्षमा माहोल बढेको सहभागीहरुले बताउनुभयो । पार्टीका केन्द्रीय तथा प्रदेश तहका नेताहरुको समेत उपस्थितिमा भएको बैठकले गठबन्धनका बारेमा तीब्र छलफल गरेर चाँडो निर्णय गर्ने जनाइएको छ ।























