पुजन दास

उर्लाबारी । २०७४ सालको स्थानीय तहको निर्वाचनअघि नेकपा एमालेको लालकिल्ला थियो, उर्लाबारी । २०७४ सालको निर्वाचनमा एमालेको लालकिल्ला भत्कियो । उर्लाबारीमा कांग्रेसका खड्ग फागोले मेयरमा सानदार मतका साथ विजयी हात पार्नु भयो भने उपमेयर लक्ष्मीदेवी भण्डारी झिनो मतले विजयी हुनुभयो । एमालेले मेयर गुमाएपनि वडा नं. १, ४, ८ र ९ वडाध्यक्ष जित्यो भने कांग्रेसले वडा नं. २, ३, ५, ६ र ७ मा वडाध्यक्ष जित्यो । माओवादीले वडा नं. १, २, ४, ७ र ८ मा राम्रो मत ल्याएको थियो । वडा नं. ९ मा भने स्वतन्त्र उठ्नु भएका नरबहादुर मोक्तान तेस्रो बन्नुभयो । त्यसवाहेक सबै वडामा माओवादी तेस्रो स्थानमा रह्यो । कार्यपालिकामा नेकपा एमालेको रह्यो । जसले गर्दा मेयरलाई काम गर्न असहज परिस्थिति सिर्जना भएको उहाँले कार्यक्रममा राख्ने अभिब्यक्तिले प्रष्ट पार्छ ।
यसरी मिलाउन सकिन्छ !
उर्लाबारीमा गठबन्धन गरेर जानेमा कांग्रेसहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी एकमत छन् । तर, कसरी गठबन्धन गर्ने विषयमा खाका आउन सकेको छैन । २०७४ सालमा उर्लाबारी नगरपालिकाको मेयरसहित वडा नं. २, ३, ५, ६ र ७ कांग्रेसले जितेको थियो । गठबन्धन हुँदा उक्त वडा कांग्रेसकै भागमा पर्ने निश्चित छ । अब रह्यो एमालेले जितेका वडा के गर्ने भन्ने विषय । एमालेले उपमेयरसहित वडा नं. १, ४, ८ र ९ जितेको थियो । वडा नं. १ एमालेले जितेपनि पार्टी विभाजनमा वडाध्यक्ष नै नेकपा एकीकृत समाजवादीमा समाहित बनेपछि सो वडा अब सोही पार्टीका उम्मेद्वार बन्ने प्राय निश्चित छ । अब रह्यो वडा नं. ४, ८ र ९ । वडा नं. ४ माओवादी केन्द्र र वडा नं. ८ र ९ मध्ये एक नेकपा एकीकृत समाजवादीलाई दिन सक्छ । त्यसपछि एउटा वडा कांग्रेस स्वम्ले लिँदा गत निर्वाचनमा जितेको भन्दा एउटा वडा कांग्रेसलाई थपिन्छ । यसो हुँदा उपमेयर तेस्रो ठूलो दल माओवादीलाई दिँदा न्याय संगत तरिकाले गठबन्धन हुनेछ । जनता समाजवादी पार्टीलाई वडा नं. २ लगायतमा वडा सदस्य दिएर भागबन्डा हुन सक्छ । गठबन्धनमा रहेका पार्टीको संगठनको आधारमा हरेक वडामा सदस्य वितरण गर्न सकिने देखिन्छ । यो अवस्थामा गठबन्धनले लोकप्रिय र जनताको हितमा काम गर्न सक्नेलाई प्राथमिकता दिन सकेको खण्डमा उर्लाबारीमा सतप्रतिशत नतिजा ल्याउन सकिने आधारहरु छन् । कांग्रेसले माओवादीलाई किन भोट दिने वा माओवादीले कांग्रेसलाई कसरी दिने भन्यो भने गठबन्धनको औचित्व रहन्न । जसले गर्दा फेरि पनि परिस्थिति सकारात्मक हुन सक्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय