उर्लाबारी । नेकपा एमाले उर्लाबारीलाई उम्मेद्वार छान्न सकस परेको छ । उर्लाबारी वडा नं. १, ३ र ६ मा सर्वसम्मत वडाध्यक्ष छानेको एमालेलाई अन्य वडामा वडाध्यक्ष छान्न सकेको छैन । वडा नं. १ मा तिलक पाण्डे, वडा नं. ३ मा भीष्म बुढाथोकी र वडा नं. ६ मा घनश्याम भण्डारीलाई वडाध्यक्षको उम्मेद्वार एमालेले छानिसकेको छ ।  वडा नं. २ मा इन्द्र दाहाल र कृष्ण दाहालमध्ये एक वडाध्यक्षको उम्मेद्वार बन्ने देखिएको छ भने वडा नं. ४ मा वर्तमान वडाध्यक्ष लक्ष्मीनारायण धिमाल नै दोहिरिने सम्भावना छ । उक्त वडामा केदार खतिवडा, डोमनाथ खतिवडा र टिकाप्रसाद अधिकारीको दाबी कायम छ । त्यस्तै वडा नं. ५ मा रविन लामा, सञ्जिब सुवेदी र चेतन सिग्देलको दाबी छ । यस वडामा लामा नै उम्मेद्वार बन्ने सम्भावना रहेपनि अन्यको पनि सम्भावना उत्तिकै रहेको बताइन्छ । यता उर्लाबारी वडा नं. ७ मा पनि वडाध्यक्षमा दाबी गर्ने आधा दर्जन छन् । जसमा निरोज तिम्सिना र उर्मिला थापामध्ये एक वडाध्यक्षको उम्मेद्वार बन्ने निश्चित छ । उर्लाबारीका ९ वटा वडाध्यक्षमध्ये १ जना महिला बनाउनु पर्ने काम उठेका कारण वडा नं. ७ मा थापाको सम्भावना बढी देखिएको छ । तर, अधिकांश कार्यकर्ताको जोड तिम्सिनामा छ । त्यस्तै, वडा नं. ८ मा वर्तमान वडाध्यक्ष कुलबहादुर कार्की र अग्नी सुब्बाबीच वडाध्यक्षमा वडा दाबी देखिएको छ । दुबै जनाको सम्भावना उत्तिकै देखिएको छ । वडा नं. ९ मा सुरेन्द्र शेर्मा र भरतमणि गौतममध्ये एक वडाध्यक्ष बन्ने निश्चित छ । यस वडामा शेर्मा नै वडाध्यक्षको उम्मेद्वार बन्ने उच्च सम्भावना छ ।
यस्तै मेयरमा १० जनाको आकांक्षा राखेपनि वर्तमान उपमेयर लक्ष्मी भण्डारी र गंगाप्रसाद खरेलमध्ये एकले बाजी मार्ने सम्भावना छ । पछिल्लो जानकारी अनुसार खरेलको मेयरको उम्मेद्वार बन्ने सम्भावना बढेको छ । त्यस्तै, उपमेयरमा मिना पौडेल र हिरा श्रेष्ठको मध्ये एक उपमेयरको उम्मेद्वार बन्ने सम्भावना देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय