उर्लाबारी । स्थानीय तहको निर्वाचनले राजनीतिक सरगर्मी हप्पकै बढेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न केन्द्रदेखि वडा तहसम्मका नेताहरूको दौडधुप निकै बढ्दो छ । राजनीतिक दल यतिबेला वडा तहमा उम्मेद्वार बन्न आकंक्षीको सुची तयार पार्दै छन् ।
यसैक्रममा नेकपा एमाले उर्लाबारीले वडा नं. १ मा तिलक पाण्डे, २ मा इन्द्र दाहाल, ३ मा भीष्म बुढाथोकी र ६ मा घनश्याम भण्डारीलाई उम्मेद्वार सर्वसम्मत छानिसकेको छ । सोही क्रममा एमालेले खुल्ला सदस्यमा उर्लाबारी वडा नं. २ बाट दिनेश परियारलाई उम्मेद्वार छानेको छ । बुवा मोतिलाल परियारको प्रेरणाले राजनीतिमा होमिनु भएका दिनेश यस पटक जनप्रतिनिधिहरुको रुपमा जनताको सेवा गर्न चाहानुहुन्छ । सामाजिक सेवा, सहकारी, ब्यवसाय क्षेत्रमा निरन्तर खटिँदै आउनुभएका दिनेश निलम साकोसको लेखा संयोजकलगायत पदमा रहेर काम गर्नुभएको छ भने १५ बर्षदेखि मंगलबारे चौकमा न्यू भिजन मोबाइल सेन्टर सञ्चालन गर्दै आउनुभएको छ । नेकपा एमालेको उर्लाबारी नगर कमिटी सदस्यसमेत रहनु भएका दिनेशलाई पार्टीले विश्वास गरेर उम्मेद्वारमा सर्वसम्मत चयन गरेको छ ।























