पुजन दास
उर्लाबारी । नेकपा माओवादी केन्द्रका युवा नेता हुनुहुन्छ, मिलन दाहाल । २०५६ सालदेखि माओवादीमा रहेर विद्यार्थी, वाइसीएल हुँदै पार्टीको राजनीतिमा होमिनु भएको थियो । उहाँ मिलनसार स्वभावको हुनुहुन्छ । पार्टीको उर्लाबारी वडा नं. ४ को वडा अध्यक्षसमेत रहनु भएका मिलन आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा उठ्ने तयारीमा हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा पनि सम्मानजनक मत ल्याएर मिलन तेस्रो बन्यो । नेकपा माओवादी केन्द्रले उहाँलाई नै उम्मेद्वार तोकिसकेको छ । कांग्रेससहितको गठबन्धन हुँदा पनि माओवादीको कोटामा वडा नं. ४ पर्ने सम्भावना छ ।
सम्भावना बोकेका युवा नेता मिलन २०५७ सालमा उर्लाबारी बहुमुखी क्याम्समा अखिल क्रान्तिकारीको अध्यक्ष बन्नुभयो भने बाइसीएलमा रहेर पनि उत्कृष्ट काम गर्दै आउनुभएको छ । कोरोनाकालमा घरघरमा सेनिटाइजर गर्ने काम होस् कोही समस्या पर्दा मिलननै अग्रभागमा आएर खटिँदै आउनुभएको छ । उहाँले प्रदेश सरकारसँग समन्वय गरी धेरै योजना ल्याउनु पहल गर्नु भएको छ । जनताको समस्या समाधानमा गर्दै उर्लाबारी वडा नं. ४ लाई नमूना बनाउने संकल्पसहित आफ्नो उम्मेद्वारी रहने दाहालको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय